काठमाडौं । गृहमन्त्रीको सपथ खाएकै दिन रवि लामिछानेले आफ्नो पहिलो काम निर्मला पन्तको हत्यारा पत्ता लगाउने घोषणा गरेपछि अनुसन्धानमा लामो समयदेखि खटिएका प्रहरीहरु ‘ट्वाँ’ परेका थिए ।
प्रहरीले सुरुमा आरोपीका रुपमा उभ्याएका दिलिप सिंह विष्टबाहेक कुनै क्लु पाउन सकिरहेको थिएन । देशभरका ठूला जघन्य अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी यो घटनाको निरन्तर अनुसन्धानमा थियो ।
‘पहिलो प्राथमिकतामा राखेरै यसको अनुसन्धान भइरहेको थियो । हरेक आईजीपीले यसलाई पहिलो चुनौती मानिरहेका थिए । तर गृहमन्त्रीले आएलगत्तै निर्मला हत्यारा पत्ता लगाउने बताउनु भयो’, निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धानमा कुनै समय खटिएका एक अधिकारी भन्छन् ।








