१९ पुस, काठमाडौं –
नेपाल प्रहरीको साइबर ब्यूरोको भोटाहिटीस्थित कार्यालयमा थरीथरीका समस्या लिएर सेवाग्राही आइपुग्छन् । अधिकांश विषय यौनजन्य साइबर अपराध भए पनि वित्तीय अपराध, ब्ल्याकमेल र आत्महत्याको स्थितिसम्मको विषय पनि साइबर ब्यूरोले ‘ह्याण्डिल’ गरिरहेको छ ।
सानो जनशक्तिमा रहेको साइबर ब्यूरोले ३० महिनाको अवधिमा ४४ वटा आत्महत्यासँग सम्बन्धित घटनामा उद्धार गरेको छ । ४४ मध्ये ४२ वटा घटनामा जीवित उद्धार गरिएको छ भने दुई घटनामा ब्यूरोले पहलकदमी लिँदालिँदै पनि सम्बन्धित व्यक्तिको ज्यान बचाउन सकेन ।








