एजेन्सी, पुष १९-
तातो होस् वा चिसो, पानी पिउनाले शरीरलाई स्वस्थ र हाइड्रेड राख्न मद्दत पुर्याउँछ। तर, जाडो महिनामा पानी चिसो हुने भएका कारण पानी कम पिउने गरिन्छ। चिसोमा धेरैले तातो पानी पिउने गर्छन्। चिसो मौसममा तातो पानी पिउनु फाइदाजनक हुने विज्ञहरु बताउँछन्।
उनीहरुका अनुसार तातो पानी पिउनुले विशेषगरी पाचन प्रणाली राम्रो हुन्छ। चिसो पानी पिउनुको तुलनामा तातो पानी पिउँदा शरीरलाई आराम मिल्न सक्छ।
कतिलाई तातो पानी मन नपर्न सक्छ। तर, तातो पानी पिउने बानी बसाल्नका लागि केही उपाय अपनाउन सकिन्छ। त्यसका लागि तातो पानीमा कागती निचोरेर पिउन सकिन्छ।
यी हुन् तातो पानीका पिउँदा हुने फाइदाहरु
– हाइड्रेशन हुनबाट बचाउँछ
जुनसुकै तापक्रममा पनि पानी पिउनाले हाइड्रेटेड रहन मद्दत गर्ने छ। केही अनुसन्धानले चिसो पानी रिहाइड्रेट गर्नका लागि उपयुक्त रहेको उल्लेख गरेका छन्।
दैनिक २ देखि ३ लिटरसम्म पानी पिउनुपर्ने विज्ञहरुले बताएका छन्। त्यस्तै, पानीको मात्रा प्रशस्त हुने फलफूलको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
– सर्कुलेशनमा सुधार
मनतातो पानीले नुहाउँदा धमनीहरू र नसाहरू फराकिलो हुन सक्छन्। जसले गर्दा शरीरमा प्रभावकारी रुपमा रक्तसञ्चार हुने गर्छ।
त्यस्तै सुत्नुभन्दा अगाडि मनतातो पानीले नुहाएर सुत्दा आरामदायी निन्द्राका लागि मद्दत पुग्छ।
– कम्पन कम
चिसो मौसममा शरीर काँप्नु सामान्य प्रतिक्रिया हो। तर तातो पानी पिउनाले कम्पन कम गर्न मद्दत पुर्याउँछ।
– नाक खुल्न मद्दत
उमालेको पानीको बाफ लिनाले बन्द भएको नाक खुल्छ। यसले नाक खोल्ने काम मात्र नगरी रुघाका कारण टाउको दुखेको छ भने टाउको दुखाइ कम गर्न मद्दत पुर्याउँछ।
एक अध्ययनका अनुसार चियाजस्ता तातो पेय पदार्थले थकान, नाक बग्ने, खोकी लाग्ने र घाँटी दुख्ने समस्यालाई छिटो कम गर्न सहयोग पुर्याउँछ।
– स्नायु प्रणालीलाई मद्दत
पर्याप्त मात्रामा पानी नपिउदा स्नायु प्रणलीले राम्रो सँग काम नगर्न सक्छ। पानी कम पिउनाले मस्तिष्कलाई असर पुर्याउन सक्छ।
केही अध्ययनहरुका अनुसार प्रशस्त मात्रामा पानी पिउने व्यक्तिहरुमा एन्जाइटी कम हुनुका साथै उनीहरुको मस्तिष्कले आफ्ना क्रियाकलाप बढाएको थियो।