धादिङ, पुष १६-
धादिङमा दुईवटा माइक्रो एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
महादेवबेसीमा बा ४ ख ११८७ नम्बरको माइक्रो बसको टायर पञ्चर हुँदा विपरीत दिशाबाट आएको अर्को माइक्रोसँग ठोक्किन पुगेको थियो ।
घाइतेहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । दुर्घटनाका कारण केही बेर सडकसमेत अवरुद्ध बनेको थियो । पछि डोजरको मद्दतले माइक्रोलाई सडकबाट हटाइएको थियो । अहिले भने सडक सुरु बनेको छ ।