१४ पुस, काठमाडौं –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ।
ओली र नेपालबीच शुक्रबार भेट हुने तयारी रहेको स्रोतले बतायो।
ओली र नेपालबीच सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ।
दुई नेताबीच २०७८ वैशाख यता भेट भएको छैन। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा ओली र नेपालबीच समान्य कुराकानी भएको थियो।