धनुषा, पुष १४-
धनुषाको बिजय नगरपालिका ९ मा रेलले किचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा धनुषाकै नगराइन नगरपालिका २ का ३५ वर्षीय पुरन सदा रहेका छन् ।
जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको गुडिरहेको रेलमा चढ्ने क्रममा आज बिहान सवा ९ बजे सदा ढोकाबाट खसेका थिए ।
ढोकाबाट खसेका उनको रेलको लिकमा पर्दा किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।