काठमाडौं, पुष १४-
नाबालिगलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज हुँदैछ ।
अघिल्लो हप्ता पेशी तोकिए पनि आफ्नै पक्षका वकिलहरुले स्थगत गरेको पेशी आज तोकिएको हो ।
पाटन उच्च अदालतमा आज सन्दीपको पुनरावेदनको पेशी इजलास नम्बर १० मा न्यायाधीशहरु सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ । सन्दीप पक्षका वकिलहरुले आजको पेशीमा आजै बहस र फैसला हुनसक्ने सम्भावना रहेको बताएका छन् ।
लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले पीडित नाबालिग नरहेको दावी गरेका छन् । उमेर सम्बन्धी विवाद भएपछि अदालतले पीडितको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको छ ।
अदालतले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ । उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न अदालतले आदेश दिएको छ ।