चितवन, पुष १२-
मुग्लिन मलेखु नौबिसे नागढुङ्गा सडक आयोजनाको फेसबुक पेजको स्टोरीमा अश्लिल फोटो राखिएको पाइएको छ ।
सरकारी आयोजनाको आधिकारिक फेसबुक पेजमा १९ हजार फ्लोअर छन् ।
झण्डै १९ घण्टा अघि सो फोटो अपलोड भएको भेटिएको छ । सरकारी आयोजनाको सो फेसबुक पेजमा अश्लिल फोटो पाइएपछि कस्तो व्यक्तिले पेज चलाउने जिम्मेवारी पाएका छन् भन्ने पनि प्रश्न उठेको छ ।
सो आयोजनाअन्तर्गत चारवटा पुल निर्माण गर्न बाँकी रहेका कारण पुस ५ गतेदेखि एकमहिनासम्मका लागि नारायणगढ मुग्लिन सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको छ ।