गोरखा, पुस ११–
विद्युत आपूर्ति अनियमित हुँदा मनकामना केबलकारको प्यानलमा क्षति पुगेको छ । केबलकारको प्यानलमा पुगेपछि अनिश्चितकालका लागि सेवा बन्द भएको छ ।
मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले तत्काल केबलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।