७ पुस, वीरगञ्ज –
बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।
बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।








