झापा, पुस ७-
झापाको कन्काई नदी छेउमा एक पुरूषको शव फेला परेको छ।
शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित कन्काई नदीको काँस घारीमा बिहीबार साँझ ५ बजेतिर एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।
उनका अनुसार ती पुरूषको मृत्यु शंकास्पद छ। अहिले नै के भएको भन्नेबारे विस्तृतमा बताउन नसकिने उनले बताए।
‘टोली पुगेर अनुसन्धान हुँदैछ। शंकास्पद चाहि छ। के भएको हो भन्ने अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘हामी क्लूको खोजीमा छौं।’
मृतक पुरूषको पहिचान पनि खुल्न सकेको छैन। उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यस्तै उनको पहिचान खुलाउन कोही हराएको निवेदन परे/नपरेकोबारे हेरिरहेको पनि डिएसपी पाठकले बताए।
प्रहरी स्रोतले भने सुरूङ्गाका एक पुरूष हराएकाले उनको परिवारलाई बोलाइएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिले र बिर्तामोडका डिएसपी खटिएका छन्।








