काठमाडौं, पुष ७-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् लामिछानेले अदालतमा विचाराधीन रहेका विषयमा आफू केही बोल्न नचाएको बताएका छन्।
बिहीबार संघीय संसद् भवन बानेश्वरमा शपथ लिन पुगेका लामिछानेले पत्रकारसँगको कुराकानीमा आफ्नो नागरिकता र पासपोर्टको विषय सर्वोच्च अदालतमा विचाराधीन विषय रहेको र यसबारे अहिले नै केही बोल्न नचाहेको बताएका हुन्।
उनले भने, ‘म यो विषयमा केही बोलिरहनु नै पर्दैन। सम्मानित अदालतमा यो विषय छ। सम्बन्धित निकायले हेरिरहनुभएको छ। म उहाँहरूको निर्णयलाई नै पर्खिन्छु।’
युवराज पौडेल ९सफल०ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दावी गर्दै रिट निवेदन हालेका थिए।








