काठमाडौं, पुष ७-
बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ सय रुपैयाँ निर्धारण भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ। बुधबारचाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार