काठमाडौं,पुस ७
लामो समयसम्म बक्यौता नतिरेपछि भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको सेवा बन्द गरिदिएको छ । पटक९पटक ताकेता गर्दा पनि डिसहोमले महिनौंदेखिको रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै स्टारले पुस ३ गते रातीदेखि स्टार प्याकेजका सबै च्यानलको सेवा बन्द गरिदिएको हो ।
नेपालमा स्टार प्याकेज अन्र्तगत ३२ वटा च्यानलहरु प्रसारण हुन्छन्, जसमध्ये स्टार, स्टार स्पोर्टस, स्टार गोल्ड लगायतका च्यानल नेपाली दर्शकमाझ लोकप्रिय छन् ।
सिग्नल काटिएपछि डिस मिडियाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको छ, जसमा आफूले ३ करोड ६ लाख भारतीय रुपैयां स्टार इण्डिया प्रा।लिलाई भुक्तानी गर्न बांकी रहेको स्वीकार गरेको छ








