६ पुस, वीरगञ्ज
पर्साको भिश्वा बजारमा सुरक्षा निकाय र भन्सारसहितको संयुक्त टोलीले छापा मारेर ४ लाख मुल्य बराबरको चामल बरामद गरेको छ ।
छिपहरमाई गाउँपालिका-५ भिश्वा बजारबाट भन्सार छलेर ल्याइएको ४ लाख मुल्य बराबरको ३ सय ११ बोरा चामल बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरलाई सिमावर्ती भारतीय बजारबाट भन्सार छलेर चामल ल्याई भिश्वा बजारमा भण्डारण गरेर राखिएको सूचना आएको थियो ।
सोही सूचनाको आधारमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरगञ्ज भन्सारको टोलीले चामल बरामद गरेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








