बझाङ, ३० चैत-
बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन् ।
आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय टिर तल सेती नदीमा खसेको थियो ।
जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।- न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार