काठमाडौं, पुष २-
रामेछापमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
उमाकुण्ड गाउँपालिका(७ एकराते छागा स्थित दुरागाउँबाट भुजितर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
शनिबार दिउँसो पौने १२ बजे बा ११ च ७५९१ नम्बरको गाडी आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका तीन जनालाई अन्नपूर्ण हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ।
लिखुतामाकोशी गाउँपालिका(१ कोटेगाउँकी ३२ वर्षीया बिमला सुनुवार, चालक ३९ वर्षीय विमल सुनुवार र ३४ वर्षीय राजन भन्ने राजकुमार थापालाई काठमाडौं ल्याइएको हो।
बिमला र विमलको टाउकोमा गम्भीर चोट लागेको छ। यता राजनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अरूको उपचारको लागि मन्थली अस्पताल पठाइएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








