जनकपुर, पुस १-
घरेलु हिंसा गरेको आरोपमा नेहा चौधरीका श्रीमान् पंकज पक्राउ परेपछि नेहाका ससुराले मुद्दा हालेका छन् ।
डा. पंकज चौधरीलाई छुटाउन उनका बुवा रामप्रवेशले चौधरीले अदालतमा मुद्दा हालेका हुन् ।
रामप्रवेशले बिहीबार उच्च अदालत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् ।
पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो । डा. पंकज माथि प्रहरीले अनुसन्धान चलिरहेको छ ।
घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज पक्राउ परेका थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








