काठमाडौं, मंसिर २७-
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द भएको छ ।
मंगलबार २.५७ अंकले घटेको बजार १८९९.७० बिन्दुमा झरेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो ।
मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार जलविद्युत, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् ।
मंगलबार सीवाईसीसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको मूल्य २२६०.२० रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार