Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०१, २०८२
☰
Logo बिहिबार, माघ ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चितवनका व्यवसायी भन्छन्ः राज्यको नीतिले अर्थतन्त्र डामाडोल

चितवन ,मङि्सर २६ –
उद्योगी तथा व्यवसायीहरूले देशमा अर्थतन्त्र डामाडोल भएको बताएका छन् । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५६औँ वार्षिक साधारणसभाका क्रममा उद्योगी, व्यवसायीले राज्य संयन्त्रले निजी क्षेत्रलाई संरक्षण गर्न नसक्दा देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका हुन् । देशको अर्थतन्त्र खस्किँदा निजी क्षेत्रमा लगानी गर्न चाहनेहरू पनि डराउनुपर्ने अवस्थामा आइपुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उनका अनुसार विशेष गरी साना तथा मझौला उद्योगी व्यवसायी सबैभन्दा मर्कामा परेका छन् ।

‘सरकारले राष्ट्र बैंकलाई गरेको जस्तो संरक्षण निजी क्षेत्रलाई पनि गरिदिएको भए देशको अर्थतन्त्र यति कमजोर हुने थिएन,’ उनले भने, ‘तर, बैंक र बैंकर्सलाई मात्रै संरक्षण गर्दा देशको उत्पादनमा गिरावट आएको छ । यसले गर्दा अर्थतन्त्र डामाडोल भयो ।’ निजी क्षेत्रलाई लगानी गर्ने वातावरण नबनाएसम्म देशको अर्थतन्त्रमा सुधार नहुने उनले बताए । ‘अहिले लगानीकर्ताको निद हराम भएको छ,’ उनले भने, ‘राज्यकै संरक्षण नपाएपछि निजी क्षेत्रका लगानीकर्ता सुरक्षित हुने कुरै भएन ।’

महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरेर देशभित्रै रोजगारी सिर्जना गर्न नसकेसम्म देशको अर्थतन्त्र माथि उकासिन नसक्ने दाबी गरे । ‘युवाजति सबै विदेश पलायन हुने, नेपालमा लगानी गर्दा लगानीकर्ता पनि डुब्ने भएपछि अर्थतन्त्र कमजोर नहुने कुरै भएन,’ उनले भने, ‘त्यसैले देशको अर्थतन्त्र बलियो बनाउनको लागि स्वदेशभित्रै रोजगारी सिर्जना गर्न राज्यले ध्यान दिनुपर्छ, त्यसको लागि निजी क्षेत्रलाई पनि राज्यले संरक्षण गर्नुपर्छ ।’

महासंघका कार्यकारिणी सदस्य एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्रमाथि लगाइएको चर्को ब्याजका कारण निजी क्षेत्रमा लगानी गर्नेहरू हात धोएर बस्नुपर्ने अवस्था आएको बताए । केही दिनअघि वीरगञ्जमा भएको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै पूर्वअध्यक्ष प्रधानले भने, ‘बैंकले लागू गरेको चर्को ब्याजदरकै कारण आज उद्योगी, व्यवसायी आत्महत्यासम्मको बाटो रोज्न बाध्य भएका छन् । यस्तो कुरा राज्यले बुझिदिनुपर्छ ।’ चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले निजी क्षेत्रको लागि सरकारले गम्भीर भएर नसोचेसम्म देश विकासले फड्को मार्न नसक्ने दाबी गरे । ‘राज्यले देश विकासमा निजी क्षेत्रको भूमिका सबैभन्दा बलियो छ भन्ने कुरा बिर्सन हुँदैन,’ उनले भने, ‘किनकि निजी क्षेत्र नै हरेक विकास निर्माणमा राज्यको सहयात्री हो ।’ अहिले राज्यले ध्यान नदिँदा देशमा सञ्चालित करिब ४० देखि ४५ प्रतिशत उद्योगधन्दा बन्द भइसकेका उनले बताए ।

राष्ट्र बैंकले निजी क्षेत्रलाई चर्को ब्याज लगाएर व्यवसायबाटै पलायन हुने अवस्थाको सिर्जना गरेको भन्दै देशभरका उद्योगी, व्यवसायी केही समययता आन्दोलित छन् । यही क्रममा सोमबार भएको उद्योग वाणिज्य संघ चितवनको साधारणसभामा अध्यक्ष चुननारायण श्रेष्ठले पुनः सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पुँजी मार्गदर्शन–२०७९ को व्यवस्थाले देशभरका उद्योगी, व्यवासायीमाथि प्रतिकूल असर परेको भन्दै त्यसलाई कम्तिमा पनि दुई वर्ष लागू गर्न नहुने बताए ।

‘राज्यकै कारण निजी क्षेत्रमा जटिलता थपिएको छ,’ उनले भने, ‘यसले निजी क्षेत्रलाई त घाटा छ नै, राज्य स्वयंलाई समेत क्षति भइरहेको कुरा बिर्सन हुँदैन ।’ सरकारी राजस्वले मुलकको साधारण खर्चसमेत धान्न नसक्ने गरी मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले निजी क्षेत्रको विकासका लागि तीनै तहको सरकारले सकारात्मक प्रयास थाल्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई कमजोर पार्ने काम तीनै तहको सरकारबाट भएको छ । यसप्रति तीनै तहको सरकार सँच्चिएर जानुपर्छ,’ उनले भने । देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि केही गर्न नसके पनि विदेशबाट आउने कच्चा पदार्थको आयात कम गर्न स्वदेशमै कच्चा पदार्थको उत्पादन बढाउन सकिने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले भने निजी क्षेत्रको हितकै लागि करको दरभन्दा पनि दायरा फारकिलो बनाएर काम गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । ‘हामीले महानगरबाट करको दायरा फराकिलो बनाउँदै लगेका छौँ,’ उनले भने, ‘करको दायरामा नआएका उद्योगी व्यवसायीलाई पनि समेट्ने प्रयास चलिरहेको छ ।’ वि.सं.२०१६ सालमा स्थापना भएको उद्योग वाणिज्य संघमा हाल तीन हजार ७४१ सदस्य आवद्ध छन् ।

फेन्सी व्यवसायी संघलाई सम्मान
संघको ५६औँ वार्षिक साधारणसभाको अवसरमा फेन्सी व्यवासयी संघ चितवन सम्मानित भएको छ । संघले यसवर्षको उत्कृष्ट वस्तुगत संघ भनेर फेन्सी व्यवसायी संघलाई सम्मान गरेको कार्यक्रम संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष सिरीष पन्तले जानकारी दिए । उनका अनुसार संस्थाको सदस्य संख्या, भौतिक पूर्वाधार विकास, संघमा आवद्धता तथा कार्यक्रममा देखाएको सहभागीता, सामाजिक उत्तरदायित्व, आर्थिक स्रोत परिचालन, सचिवालय व्यवस्थापनलगायतको मूल्यांकनको आधारमा फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघमा हाल ३५ वटा वस्तुगत संघ आवद्ध छन् ।

मोवाइल एप सार्वजनिक
उद्योग वाणिज्य संघ चितवनले पहिलोपटक मोवाइल एपमार्फत संघको हरेक गतिविधि सार्वजनिक गर्ने प्रयास गरेको छ । संघको ५६औँ वार्षिक साधारणसभाको अवसर पारेर सोमबार उद्योग वाणिज्य संघको ‘सिसिआइसी एप’ सार्वजनिक गरिएको हो । संघमातहतको वस्तुगत संघ ‘कम्प्युटर एसोसिएसन महासंघ नेपाल चितवन’सँगको सहकार्यमा निर्माण गरिएको एपमार्फत संघको हरेक गतिविधि आम सर्वसाधारणले समेत थाह पाउने कार्यक्रम एप निर्माण संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिए । उक्त एपबाट संस्थाको नयाँ सदस्यता वितरण, सदस्यता नवीकरण, सूचना प्रवाह, व्यवासायिक बजार प्रवद्र्धनलगायतका संस्थागत फाइदा हुने उनले बताए ।

‘उद्योग वाणिज्य संघ’ सार्वजनिक
संघले ५६औँ वार्षिक साधारणसभाको अवसरमा विगतका वर्षजस्तै यसवर्ष पनि ‘उद्योग वाणिज्य सन्देश’ नामक विशेष बुलेटिन–२०६९ प्रकाशन गरेको छ । संस्थाले गरेको हरेक गतिविधिलाई संस्थाका सदस्यसम्म पु¥याउने लक्ष्यसहित बुलेटिन प्रकाशन गरिएको बुलेटिन प्रकाशन समितिका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए । उक्त बुलेटिन सोमबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

चितवन महोत्सवको तयारी
उद्योग वाणिज्य संघ चितवनले हरेक दुई÷दुई वर्षमा हुने चितवन महोत्सवको १४औँ संस्करणको तयारी थालेको छ । आउँदो पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने महोत्सवको आन्तरिक तयारी चलिरहेको संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए । प्रदर्शनी मैदान नारायणी नदी किनारमा हुने महोत्सवको लागि मैदान सम्याउनेलगायतका बाहिरी कामसमेत भइरहेको उनले बताए । चितवनको गरिमा र गौरवको आयोजना मानिँदै आएको महोत्सवबाट यसपटक पनि कृषि र पर्यटनले प्राथमिकता पाउने अध्यक्ष श्रेष्ठले बताए ।

Chitwan Aaja चितवन आज
सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

ताजा समाचार

सबै

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.