मंसिर २५
काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि विश्वकप फुटबलको कतार संस्करणको यात्रा टुंगिएको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा अफ्रिकी मुलुक मोरक्कोले पोर्चुगललाई स्तब्ध बनायो ।
रेफ्रीले अन्तिम सिट्टी फुकेलगत्तै रोनाल्डोले आँसु थाम्न नसकेको दृश्य विश्वभर भाइरल बन्यो । नेपाली कलाकारदेखि सर्वसाधारणले पनि रोनाल्डोको उक्त तस्वीरलाई सेयर गरे ।
विश्वकप सुरु भएदेखि नै अभिनेत्री वर्षा सिवाकोटी रोनाल्डोकी प्रशंसक हुन् । पोर्चुगलका प्रत्येक खेल नछुटाई हेर्ने वर्षालाई शनिबारको उक्त खेलले पीडा दियो । रोनाल्डोको फ्यान हुनुको नाताले दुःखी हुनु स्वभाविक पनि हो ।
वर्षाले खेललगत्तै सामाजिक सञ्जालमा ‘यस्तै हो खेलमा, फरेभर पोर्चुगल र क्रिस्टियानो रोनाल्डो,’ लेखिन् । रोनाल्डो बाहिरिए पनि आफू सधैं उनको समर्थनमा रहने बताएकि छिन् ।








