गोरखा ,मंसिर २२ –
गोरखाको बेनिघाट-आरुघाट सडकखण्ड अन्तर्गत गण्डकी गाउँपालिका-७ स्थित चुल्ठे भीरमा गुडिरहेको स्कर्पियो गाडीमा अचानक आगलागी भएको छ। विहिवार दिउसो गुडिरहेको स्कर्पियो अचानक आगो लागेको हो ।
काठमाडौँबाट गोरखाको फुजेल जादै गरेको उक्त स्कर्पियोमा गुड्दागुड्दै आगलागी भएको चालक लक्ष्मण लामिछानेले जानकारी दिए। गाडीको इन्जिनमा समस्या आएर विद्युत् सट भएर आगलागी भएको हुनसक्ने चालक लामिछानेले बताए। आगलागीबाट मानविय क्षति भने भएको छैन ।
गाडीमा ६ जना यात्रु सवार थिए । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।