चितवन, मंसिर १८-
चितवनको कालिका नगरपालिका- १ मा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको छ ।
चतुरमुखी सामुदायिक वनभित्र मृत गैंडा सडेगलेको अवस्थामा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयको छ। गैंडाको खाग र खुर छैन् ।
गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिए ।