जनकपुर, मंसिर १७-
जनकपुरधाम( मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा बसेका भट्टराई शनिबार मृत फेला परेका हुन्।
राति खान खाएर सुतेका उनलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामा मृत भेटिएका हुन्।
उनले वान्ता गरेका थिए। साथै उनको हातमा र कोठामा औषधी भेटिएको प्रहरीले जनाएको छ।
भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








