स्याङजा, मंसिर १५-
स्याङ्जा २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता फराकिलो बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गुरुङले ७ हजार ४७७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेकी एमालेकी पद्मा अर्यालले ५ हजार ४६९ मत पाएकी छिन् ।
उनीहरूबीचको मतान्तर २ हजार ८ रहेको छ । स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको छ ।






