काठमाडौं, मंसिर १४-
पछिल्लो २४ घण्टामा देशभर सातजनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एकहजार ६७७ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।