चितवन, मङ्सिर १२
सुजन आचार्य जो पेशाले सञ्चारकर्मी हुन । सुजन समय समयमा बजारमा छाईरहन्छन । यति कलिलो उमेरमा नै उनले गरेको प्रगति देख्दा जोसुकैलाई पनि अचम्म लाग्न सक्छ । सानै उमेरबाट पत्रकारितामा लागेका उनले विभिन्न टेलिभिजना कार्यक्रम प्रस्तोता समेत रहेर कार्यक्रम संचालन गरेका थिए ।
उनीले पत्रकारिताको आफ्नो पेशालाई केही समय बिट मार्दै नयाँ ब्यबसायको कार्यलाई अगाडि बढाएका छन । सुन्दा जो – सुकैलाई अनौठो लाग्न सक्छ तर उहीँ सुजन आचार्य अहिले S Group Global Pvt Ltd Singapore कम्पनीका Chairman रहेका छन ।
यस समुहको मुख्य उदेश्य भनेको नेपाली परम्परामा रहेका नेपाली खाना र थकाली खानालाई बिश्वभरमा रहेका नेपाली रेस्टुरेन्टमा पुर्याउने हो । नेपालमा उत्पादन हुने सामाग्रीलाई बिश्वभरमा प्रचार गर्न सक्दा देशलाई ठुलो लाभ प्राप्त हुने साथै देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने आचार्य बताउछन ।
नोभेम्बर २३ मा सिङ्गापुर सरकारले सो कार्य थालनी गर्न आचार्यलाई अधिकार दिईसकेको छ । उनका अनुसार सुरुवाती अवस्थामा सिङ्गापुर र फिलिपिन्सबाट यो कार्य थालनी हुन लागेको छ भने फिलिपिन्समा ” नेपाली घर ” नामको होटेल सहित नेपाली रेस्टुरेन्ट पनि बिस्तार हुन लागेको उनी बताउँछन् ।
नेपाल र नेपालीको स्वाभिमान बिश्वमाझ पुर्याउने मद्दत मिल्ने आशाका साथ नेतृत्व गरिरहेका सुजन भन्छन सम्पुर्ण प्रक्रिया पूरा भैसकेको र अझै यसलाई बिस्तार गर्नको लागि थाइल्यान्ड , फिजि , भारत , अष्ट्रेलिया लगायतका देशहरूमा समेत आउदो अप्रिलबाट सेवा शुरु गर्नेछौं ।