Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत २०, २०८२
☰
Logo शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ७. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • १०. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्न आवश्यक छ : प्रधानमन्त्री देउवा

काठामडौं, ९ मंसिर –

प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै विश्वविद्यालय शिक्षालाई अनुसन्धान र नवप्रवर्तनसँग जोड्नुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३५औँ सभा–बैठकलाई सम्बोधन गर्दै आज उहाँले विश्वविद्यालय विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञान दिने मात्र नभई जीवनोपयोगी शिक्षा, प्रविधि र सीप सिकाइ आत्मनिर्भर बनाउन सक्ने शैक्षिक केन्द्र हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “विश्वविद्यालय व्यावसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ अनुसन्धान र आविष्कार गर्न सक्ने तथा हाम्रो जस्तो विकासशील मुलुकमा समाजका विभिन्न क्षेत्रमा सुधार र परिवर्तनका लागि नेतृत्व लिनसक्ने सिर्जनशील जनशक्ति जन्माउन सक्ने हुनुपर्दछ ।”

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका उहाँले उच्च शिक्षा मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा सहयोगी हुनाका साथै नवप्रवर्तन र नव आविष्कारलाई उत्प्रेरित गर्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रको चौतर्फी विकास र समुन्नतिका लागि आवश्यक पर्ने दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रूपमा परिचित हुँदै गएको पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकको अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा उहाँले बधाई दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालय स्थापनाका लागि योगदान पु¥याउने र यसको प्राज्ञिक उन्नयन तथा भौतिक विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले आगामी दिनमा यस विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि अझ बढी समर्पित रहन सबैलाई प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

“विश्वविद्यालयका उपकुलपतिले आज पेस गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम एवं रजिष्ट्रारज्यूबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक प्रगतिका साथै विकास र विस्तारमा नयाँ आयाम थप्न सघाउ पुग्ने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो । उहाँले उपकुलपतिले नीति तथा कार्यक्रममार्फत उठाउनुभएका विषयलाई कार्यान्वयनमा उतार्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममार्फत उठेका विषयहरूमा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग आवश्यक परामर्श गरी एवं सम्बन्धित मन्त्रालयहरूसँग समेत आवश्यक समन्वय गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्न आग्रह गर्नुभयो । कुलपतिको हैसियतले उपलब्ध गराउनुपर्ने सहयोगका लागि उहाँले आफू सदैव तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रको समुन्नति, समृद्धि एवं विकासलाई अघि बढाउन उच्चस्तरीय जनशक्तिको महत्वपूर्ण भूमिका हुने कुरा निर्विवाद छ । यस सन्दर्भमा यस विश्वविद्यालयले मुलुकको आन्तरिक बजारमा आवश्यक विभिन्न विधाका गुणस्तरीय जनशक्ति उत्पादनका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्न विशेष जोड दिन आवश्यक छ ।” यस क्रममा खासगरी व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनको क्षेत्रमा राष्ट्रिय आवश्यकताका साथै अन्तर्राष्ट्रियस्तरको मागसमेत सम्बोधन हुने गरी दक्ष जनशक्तिको उत्पादनमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले विश्वविद्यालयको ध्यानाकर्षण गराउनुभयो ।

साथै, जलवायु परिवर्तन न्यूनीकरण तथा प्राकृतिक प्रकोप नियन्त्रण लगायतका नेपालले भोग्नुपरिरहेका समस्याहरूसँग जुध्न सहयोग पुग्ने विषयमा पनि अध्ययन अनुसन्धान कार्यलाई अघि बढाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “एक्काइसौँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालय शिक्षामा सुधार गर्दै यसलाई समुदायस्तरमा विस्तार गर्दै लैजानु आवश्यक छ । साथै, उच्चशिक्षामा बढीभन्दा बढी वर्ग र समुदायको पहुँच बढाई उच्च शिक्षाको लाभ सबैलाई दिलाउन हामीले जोड दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

विश्वविद्यालय शिक्षामा प्रविधिको पहुँच र उपयोग बढाई गुणस्तर अभिवृद्धि गर्नसमेत जरुरी रहेको उल्लेख गर्दै उहाँले विभिन्न सम्भावनाले भरिएको तथा प्राकृतिक तथा मानव स्रोत सम्पदामा धनी प्रदेश नं १ मा स्थापित पूर्वाञ्चल विश्वविद्यालय देशकै सर्वोत्कृष्ट अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् भन्ने चाहना व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले व्यावहारिक, जीवनोपयोगी शिक्षाको प्रवद्र्धनमार्फत जनताको जनजीविकामा सकारात्मक परिवर्तन ल्याउन उत्पादित जनशक्तिले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकून् भन्ने कामना गर्नुभयो ।

प्रधानमन्त्री देउवाले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन र कानुनी तथा नीतिगत समस्याहरूको समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले विश्वविद्यालय सम्बद्ध ऐन तथा नियमावलीहरूको समयाकूल परिमार्जन र संशोधनका लागिसमेत आवश्यक सहयोग उपलब्ध गराउनेमा विश्वास दिलाउनुभयो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

ताजा समाचार

सबै

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँः महाविर पुन

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छः रवि लामिछाने

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने

संसद्‌मा गराइयो बालेन प्रधानमन्त्री नियुक्त भएको जानकारी

केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियोः एमाले

चितवनमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

आजको लागि सुनको मूल्य दुई लाख ९४ हजार तोकियो

उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौतीः अध्यक्ष बस्नेत

सहकारी पीडितसँग मन्त्री प्रतिभा रावलको प्रत्यक्ष संवाद सुरु, १०० दिनमै बचत फिर्ताको लक्ष्य

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.