५ मंसिर, गोरखा ,
गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताए ।
गोरखा नगरपालिका वडा नम्वर ९ दलभञ्जाङस्थित भूतथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना थालिएको हो ।