पर्सा, कात्तिक ३०-
प्रहरीले पर्साबाट नक्कली मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट १५ हजार थान मतपत्रसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए।
भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका भारतको बिहारका ४० वर्षीय इजाजत अहमद १५ हजार थान नक्कली मतपत्र बोकेका थिए।
उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।








