चितवन, कात्तिक २८-
चितवनमा अवैधरुपले ल्याइएको ५० कार्टुनमा रहेको दुई हजार किलो भारतीय माछा नष्ट गरिएको छ ।
भारतबाट चोरी निकासी गरी ५० वटा कार्टुनमा काठमाडौँ लैजादै गर्दा दुई हजार केजी माछा सशस्त्र प्रहरी बल आँपटारी र नेपाल मत्स्य व्यवसायी संघ चितवनले संयुक्तरुपमा बरामद गरेको थियो ।
सडेर गन्ध आएको सो माछा लु३च ३६३६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
माछालाई माछा पशु स्वास्थ्य तथा पशु सेवा निवमावली २०५६ को नियम २ ख अनुसार निसंक्रमण विधि अपनाइ जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका विभिन्न प्रतिनिधिहरुको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार