२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगमा बिरामी भएको नाटक गरेर चुनावमा हेलिकप्टर प्रयोग गरेको उजुरी परेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हेलिकप्टर प्रयोगको विषयमा दुईवटा उजुरी परेको बताए ।
आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गरेर हेलिकप्टर प्रयोग गरेको उजुरी आएको बताए ।
हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यू आए । हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्सनमा जानुपर्छ’ प्रमुख आयुक्त थपलियाले भने ।
यस्ता विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि प्रश्न उठ्ने उनले बताए ।








