Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

उम्मेदवार भोट माग्ने, किसान मल खोज्ने

धनगढी, कात्तिक २५ –

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन नाै दिन मात्रै बाँकी रहँदा उम्मेदवार मत माग्न व्यस्त छन् भने किसान हिउँदे बाली लगाउँदा आवश्यक पर्ने रासायनिक मल खोज्न व्यस्त देखिएका छन् ।

हिउँदे बाली लगाउने समय भइसके पनि रासायनिक मल नपाएका किसान मलको खोजीमा हरेक सहकारीमा धाउन थालेका हुन् । ‘सहकारीमा कतिबेला मल आउँछ, थाहै हुँदैन,’ धनगढी – ७ का हेमराज उपाध्यायले भने, ‘त्यसैले दैनिक सहकारी धाउने गरेको छु । यति गर्दा पनि मल भने पाउन सकेको छैन ।’

उनले घरमा मत माग्न आउने उम्मेदवारलाई मलको कुरा गर्दा हामी सरकारमा गएपछि दिन्छौं भन्ने गरेको बताए । ‘भोट माग्न आउने उम्मेदवारलाई मलको कुरा सुनाउँदा हामीलाई जिताएर पठाउनुस्, त्यसपछि प्रयाप्त मल दिन्छौं भन्ने जवाफ आउने गरेको छ,’ उनले भने, ‘तर हामीलाई यसपालिको खेती कसरी गर्ने भन्ने चिन्ता छ, त्यसैले दैनिक मलको खोजीमा धाइरहेका छौं ।’

हरेक निर्वाचनमा नेताहरुले मल दिन्छौं भनेर वाचा गर्ने गरेका भए पनि अहिलेसम्म सजिलै मल कहिल्यै नपाइएको धनगढी– ७ कै सुन्दरे रानाले बताए । बिहीबार मलको खोजीमा कृषि सामग्री केन्द्र धनगढीको कार्यालयमा पुगेका उनले भने, ‘चुनाव अघि जे पनि गर्न तयार छौं भन्ने नेता चुनावपछि फर्केर आउँदैनन् । नेताले पाँच वर्ष अघि बोलेका कुरा पूरा नगर्दा हाम्रा समस्या पाँच वर्ष अघि जस्ता थिए अहिले पनि त्यस्तै छन् ।’

मलकै कारण ढिला गरी धान रोपेका कारण उब्जनी नभएको उनको भनाइ छ । ‘मल पाइएला भन्ने आसामा असार मसान्तसम्म धान रोपेनौं,’ उनले भने, ‘नपाइने निश्चित भएपछि ढिला गरी धान रोप्दा यसपटक उब्जनी पनि राम्रो भएको छैन, हिउँदे बालीका लागि पनि मल पाइन्छ कि पाइँदैन थाहा छैन ।’

धनगढी–३ स्थित केदार कृषि सहकारी संस्थाका व्यवस्थापक सुन्दर धामीले मागे जति मल नपाउँदा किसानलाई खाली हात फर्कनु परिरहेको बताए । प्रत्येक सिजनमा ७ देखि ८ सय क्वीन्टल मल माग हुने गरेकोमा कृषि सामाग्री केन्द्रबाट डेढ सय क्वीन्टलभन्दा बढी मल कहिल्यै नपाएको उनले बताए ।

‘हामीसँग आबद्ध सेयर सदस्यमध्ये अधिकांस किसान छन्,’ उनले भने, एक सिजनमा उनीहरुले ७/८ सय क्वीन्टल मल माग्ने गर्दछन्, तर अहिलेसम्म डेढ सय क्वीन्टल भन्दा बढी मल कहिल्यै पाएका छौं, यसले गर्दा धेरै किसानलाई रितै हात फर्काउनु परिरहेको छ ।’

मागको आधा मल पनि आएन मल

सुदूरपश्चिममा मागको आधा मल पनि आयात भएको छैन । गहुँका लागि सुदूरपश्चिममा १२ हजार भन्दा बढी डीएपी मल आवश्यक पर्ने गरेको भए पनि सरकारले हालसम्म दुई हजार ८४० मेट्रिक टन मल मात्रै पठाएको छ । सरकारले अनुदानमा उपलब्ध गराउने मल सुदूरपश्चिममा कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेडमार्फत वितरण हुने गरेको छ ।

दुई संस्थामध्ये साल्ट ट्रेडिङमा अहिलेसम्म डीएपी भित्रिएको छैन भने कृषि सामग्री केन्द्रमा दुई हजार ८४० मेट्रिक टन मल मात्रै आयात भएको छ ।
‘५ हजार मेट्रिक टन मल आउने भन्ने सूचना प्राप्त भएको छ,’ कृषि समग्री केन्द्र लिमिटेड प्रदेश कार्यालय धनगढीका स्टोरकिपर रुपकबहादुर कुँवरले भने, ‘त्यसमध्ये अहिलेसम्म २ हजार ८४० मेट्रीक टन मल मात्रै भित्रिएको छ, भित्रिएको मल वितरण भइसकेको छ ।’ कृषि सामाग्री केन्द्र लिमिटेडमा असारमा डीएपी आएको थिएन ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले अहिलेसम्म डीएपी नआएको बताए । नेपाल भित्रिएको कुल मलको ९ प्रतिशत मल सुदूरपश्चिमका लागि पठाइने गरिएको भए पनि यसपटक भने हालसम्म डीएपी नआएको उनले बताए ।
‘अहिले डीएपी मलको माग भइरहेको छ,’ उनले भने, ‘तर केन्द्रले अहिलेसम्म पठाएको छैन, मल कहिले आउँछ भन्ने कुनै सूचना पनि प्राप्त भएको छैन ।’

साल्ट ट्रेडिङमा हालसम्म दुई हजार ५९४ दशमलव ८० मेट्रिक टन युरिया भित्रिएकोमा सो मल सहकारीलाई वितरण भइसकेको उनले बताए । जम्मा युरियामध्ये एक हजार ३९५ मेट्रिक टन मल धनगढी, ८३९ मेट्रिक टन कञ्चनपुर र ३०० मेट्रिक टन पहाडी जिल्लामा पठाइएको उनले बताए ।

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते
हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

ताजा समाचार

सबै

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त

मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षतिः सहयोग कतैबाट उपलब्ध भएन

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.