हेटौंडा, कात्तिक २३-
मकवानपुरको हेटौंडामा एक व्यक्तिले सेल पकाइरहेको तातो तेल अनुहारमा छ्याप्दा दुईजना घाइते भएका छन् ।
स्थानीय ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बा बसिरहेको अवस्थामा हेटौंडा १९ बस्तिपुर बस्ने २८ बर्षीय मोहन दोङले तेल छ्यापेका हुन् ।
त्यस्तै घाइते दुवैको अनुहार र आँखामा घाउ लागेको छ । मकवानपुर प्रहरीका अनुसार उपमहानगरपालिका १३ बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा आगो तापिरहेको समयमा सेल पकाइरहेको तातो तेल दोङले अनुहारमा छ्याप्दिइका थिए ।
मापसेपछिको बिबाद भएपछि तातो तले प्रहार भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । तेल प्रहार गर्ने मोहन दोङ प्रहरीलाई नियन्त्रणमा लिएर जिप्रका मकवानपुरमा राखिएको छ।