भरतपुर,२२ कार्तिक –
राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मंसिर ४ को निर्वाचनमा जसरी भए पनि जीत आफ्नै पक्षमा भएको दाबी गरेका छन् । चुनावी प्रचारप्रसारलाई व्यापक बनाइरहेका चितवन क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पाण्डेले आम मतदाताबाट आशिर्वाद प्राप्त भइरहेकोले जीतको सुनिश्चित भइसकेको दाबी गरेका हुन् ।
चुनावी घरदैलोमा मतदाताकहाँ पुग्दा देखिएको उल्लास र स्वागत तथा सम्मानले पनि जीतको बाटो देखाइसकेको उनले बताए । नेता पाण्डेलाई घरदैलोका क्रममा मतदाताले देश बचाइदिन आग्रहसमेत गरेका छन । त्यसैले वृद्ध बा–आमाको सपना पूरा गर्न पनि आफूले जित्नै पर्ने दबाब रहेको नेता पाण्डेको भनाइ छ ।
देशमा भइरहेको चरम भ्रष्टाचार र वेथिति रोक्नको लागि सही उम्मेदवार छान्ने पक्षमा चितवन–३ का मतदाता देखिएको उनले बताए । विगतमा जस्तो कसैको आग्रह र डर धम्कीबाट नडाराइ स्वविवेक प्रयोग गरेर मतदान गर्ने सोचको विकास आम मतदातामा भइसकेको पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले बताए । देश जोगाउन र भावी सन्ततिको जीवन रक्षाका लागि पनि यसपटक सही नेतृत्व चुन्न आम मतदाता आतुर रहेका उनको भनाइ छ ।
यस्तै पूर्वमन्त्री पाण्डेले नेपालको मौलिक धर्म र संस्कृति संरक्षणको लागि पनि राप्रपाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । चुनावी अभियानका क्रममा भरतपुर–९ गोन्द्राङस्थित गणेश, भीमसेन, दुर्गा मन्दिरमा भएको चुनावी भेटघाटका क्रममा नेता पाण्डेले नेपालको इतिहास जोगाउन धर्म संस्कारको संरक्षण र सम्वद्र्धनसमेत आवश्यक पर्ने हुँदा त्यसको रक्षाका लागि राप्रपाले मह¤वपूर्ण भूमिका खेलेको बताए ।
चुनावी प्रचारप्रसारका लागि नेता पाण्डे मंगलबार भरतपुर महानगरपालिकाकाको वडा नं.६, ८, ९ का विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका छन् ।















