सुर्खेत,२१ कार्तिक-
सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार सवार गाडी दुर्घटनामा परेको छ । सोमबार प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि राप्रपाका उमेदवार भीमबहादुर शाही, सुर्यबहादुर खत्री र कर्णबहादुर रेगामी मगर सवार गाडी दुर्घटनामा परेको हो ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।
उकालो सडकका कारण गाडी अगाडि बढ्न नसकेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।








