• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, मंसिर १४, २०८०
☰
बिहिबार, मंसिर १४, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

    पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

    चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

    विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै चितवनको खैरहनी नगरपालिका

    चितवनको गुरुकुल माविका ५ विद्यार्थी नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल (सूचिसहित)

    पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

    ‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

    सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

    स्टार्स मन्टेश्वरी एकेडेमीले गर्‍यो दशैँको शुभकामना आदानप्रदान

    लोकप्रिय समाचार

    • १. काँसघारीले भरिएको गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु, रंगशाला बन्ने निश्चित

    • २. चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

    • ३. पत्रकार सौम्याको हत्यामा संलग्न चार जनालाई आजीवन कारावास

    • ४. विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गर्ने युवती पक्राउ

    • ५. भरतपुरमा बोराभित्र मृत भेटिएका दुईजनाको अझै खुल्न सकेन पहिचान

    • ६. सामान्य बिवाद हुँदा श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमान‍्को मृत्यु

    • ७. सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

    • ८. नारायणी नदीमा माछा मार्न गएका १८ वर्षीय युवक मृत फेला

    • ९. कोलोनोस्कोपी गर्दा मान्छेको पेटमा जीवित झिँगा भेटिएपछि…

    • १०. गाजाबाट विपिन जोशीको उद्दार गर्न अखिल क्रान्तिकारी रामपुर क्याम्पस खैरहनीको माग

    घनश्याम भुसालको प्रतिबद्धता पत्र सार्वजनिक

    काठमाडौं, २१ कार्तिक-

    सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

    शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

    हेर्नुस् प्रतिबद्धता पत्रको पूर्णपाठ

    आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमार्फत् हामी यस निर्वाचनमा सहभागी हुँदैछौं । राष्ट्रियता, बहुदलीय लोकतन्त्र, समाजवाद, मानव अधिकार, बालिग मताधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रतिको प्रतिबद्धता गठबन्धनका साझा वैचारिक धरातल र सहकार्यका आधार हुन् ।

    गठबन्धनको उद्देश्य मुलुकको लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई-दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको सबैलाई अवगतै छ ।

    गठबन्धनका दलहरूको उद्देश्य र लक्ष्यप्रति नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको छ राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै जनताको संघर्ष र बलिदानबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेज संविधानमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेकोछ संविधान र समृद्धिका योजना माथि खतरा कायम रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ ।

    संघ, प्रदेश र स्थानीय तहका अधिकारहरूको बाँडफाँट र त्यसको कार्यान्वयन संघीयताको मूलमर्म हो । उक्त मर्म अनुरुप विगत सरकारले अधिकार प्रत्यायोजन नगर्दा प्रदेश र स्थानीय तहले अपेक्षा र क्षमता अनुसार काम गर्न पाएनन् ।

    विकासको आधारभूत तह प्रदेश र स्थानीय तहलाई सक्षम र अधिकार सम्पन्न बनाउन गठबन्धनका उम्मेदवारहरू प्रतिबद्ध रहनेछन् रुपन्देहीका गठबन्धनमा आबद्ध सबै दलहरू केन्द्रीयस्तरमा भएको गठबन्धनको आधार र उद्देश्य अनुरुप क्रियाशील हुन प्रतिबद्ध छौं । रूपन्देही निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारी भएको छ । यस क्षेत्रमा गठबन्धनमा आबद्ध दलहरू गठबन्धनको उद्देश्यमा स्पष्ट रहँदै जनताको इच्छा, भावना र मर्म अनुसार विकास निर्माण र सामाजिक साँस्कृतिक गतिविधिमा संलग्न र नेतृत्व गर्दै आएका छन् ।

    क्षेत्र नं. १ को आवश्यकता मध्यनजर गर्दै कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना, शान्ति सुरक्षा, उत्पादन, व्यापार व्यवसाय, सामाजिक सुरक्षा, जातीय- लैंगिक विभेद तथा महिला हिंसा विरुद्धको अभियान लगायतका धेरै कामहरू गर्नुपर्नेछ हामी योजना र कार्यक्रमसहित यी कामहरू सम्पन्न गर्न यस प्रतिबद्धता पत्र मार्फत मतदाताहरू समक्ष प्रस्तुत भएका छौं ।

    १. शिक्षा

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदह क्षेत्रमा सञ्चालन गरिने छ साथै बौद्धकालीन अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिनेछ । देवदह आदर्श बहुमुखी क्याम्पस र पशुपति कलेजमा स्नातकोत्तर तह सञ्चालन गरिनेछ ।
    राम नरेश आदर्श माध्यामिक विद्यालय परिसरमा स्नातक तहको क्याम्पस स्थापना र सञ्चालन गराइनेछ ।
    क्षेत्रगत रुपमा प्रविधिक शिक्षा स्थापना र सञ्चालन गराइनेछ ।
    क्षेत्रभित्र रहेका विद्यालयहरूमा शैक्षिक गुणस्तर कायम गर्ने विद्यालयलाई स्थायी स्विकृति दिलाई आवश्यक पर्ने दरबन्दीको व्यवस्था गर्ने नीतिका लागि जोडदार पहल गरिनेछ ।
    गुणस्तरीय शिक्षाका लागि प्रविधियुक्त शिक्षण सामाग्री तथा पुस्तकालयको निर्माण गराइनेछ । दक्ष शैक्षिक जनशक्तिका लागि शैक्षिक तालिम र पुरस्कारको व्यवस्था गरिनेछ ।
    प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था र १२ कक्षासम्मको शिक्षा निःशुल्क गराउन पहल गरिनेछ ।
    शिक्षा क्षेत्र तथा परिसरहरू अपाङ्ग मैत्री बनाइनेछ
    प्रत्येक वडाका माविमा कुनै एक प्राविधिक विषयमा शीप हासिल हुने कोर्स सञ्चालनका लागि विशेष जोड दिइनेछ ।

    २. स्वास्थ्य

    प्रत्येक पालिकामा अत्याधुनिक प्रविधि र स्तरीय सेवासहितको अस्पताल निर्माण गरिनेछ । • प्रत्येक वार्डका स्वास्थ्य चौकी स्थापना गरी प्राविधिक जनशक्तिको व्यवस्था र नियमित औषधि सेवा उपलब्ध गराइनेछ ।
    तिलोत्तमा १७ वि.पी. ग्राममा स्थापना भएको अस्पताललाई यथाशीघ्र सञ्चालनमा ल्याइनेछ ।
    स्वास्थ्य बीमालाई सरल र सुलभ बनाइनेछ ।
    आयुर्वेदिक अस्पताल स्थापना गरी प्राकृतिक चिकित्सा र योग शिक्षा सञ्चालन गरिनेछ ।
    ३. कृषि

    उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइनेछ ।
    प्रत्येक स्थानीय तहमा मलखाद, बीऊ-बिजन भण्डारण र वितरण केन्द्र स्थापना गरिनेछ ।
    कृषि उपज संकलन केन्द्र र शीत भण्डारको यस क्षेत्रमा स्थापना गरिनेछ ।
    भेटरिनरी अस्पताल स्थापना र सुलभ सेवा प्रदान गरिनेछ ।
    साना सिँचाइ योजना र डिप ट्युवेललाई नियमित सञ्चालन गरिनेछ ।
    घोडाहा बाँध, कजरार बाँध, रोहिणी बाँधमा आधुनिक बाँध निर्माण गरी कुलो या नहरसहित सतह सिँचाइलाई उचित व्यवस्था मिलाइनेछ ।
    रासायनिक मल र उन्नत बीउविजनको सहलियतसहित सहज उपलब्ध गराइनेछ ।
    रोहिणी बाँधले डुबान भई खेती गर्न नमिल्ने भएका स्थान तिलोत्तमा नगरपालिका- १२ मोहनाजोत भाठा र देवदह-३ मा पानी निकासका लागि पक्की नाला या कुलो बनाई पानी निकास गरिनेछ ।

    ४. खानेपानी तथा सरसफाइ

    प्रत्येक वार्डका नागरिकलाई स्वच्छ सफा खानेपानी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
    सञ्चालनमा रहेका खानेपानी संस्थाहरूको क्षमता वृद्धि गरिनेछ ।
    सह- लगानीमा सञ्चालित खानेपानी संस्थाको निर्माण र संचालन समयमै सम्पन्न गर्न जोड दिइनेछ ।
    हरेक स्थानीय तहमा फोहरमैला व्यवस्थापनको लागि प्रविधियुक्त फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ ।
    सार्वजनिक स्थलहरूमा आवश्यकताको आधारमा सार्वजनिक शौचालय स्थापना गराइनेछ ।
    पानीको मुहान संरक्षणका लागि प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरिनेछ ।
    ५. पर्यटन

    गौतम बुद्धको मावली क्षेत्र देवदहलाई नेपाल सरकार पुरातत्व विभागवाट उत्खनन् गराई अन्तर्राष्ट्रिय सम्पदामा समावेश गर्न पहल गरिनेछ ।
    बाह्रकुने कुवा, कुवरवर्ती मन्दीरलाई वौद्ध परिपथमा समावेश गराई भवानीपुर, पाकड़ी वृक्ष बैरीमाइ, कन्यमाइ, खयरडाँडा, पुस्करणी दह, माथागढी जस्ता पुरातात्विक स्थानहरूको संरक्षण तथा सम्वर्धन गरिनेछ र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ ।
    रोहिणी बाँधलाई व्यवस्थित गरी जलमार्गको व्यवस्था मिलाई मन्दिर सहितको पर्यटकीय स्थलको रूपमा विकास गराइनेछ ।
    ऐतिहासिक मठ मन्दिर तथा विभिन्न धार्मिक एवं जातीय सांस्कृतिक क्षेत्रको संरक्षण र सम्बर्धन गरी पर्यटन विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
    जातीय तथा सांस्कृतिक विविधताको संरक्षण गर्दै सांस्कृतिक संग्रहालयको स्थापना र आयआर्जनको लागि होमस्टे सञ्चालन गरिनेछ ।
    क्षेत्रभित्र रहेका पार्कहरूको स्तरोन्नति तथा नयाँ पार्कहरूको निर्माण गरिनेछ ।
    पटखौलीको ओमसतियामाइ, सिलौटियामाइ र छिपागढको बगैचाकुटीको रामजानकी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनेछ ।
    ६. भूमि व्यवस्था

    राष्ट्रिय भूमि आयोगबाट सम्पन्न भएका कामहरूको लालपुर्जा वितरण गरिनेछ । बाँकी कामलाई अविलम्ब सञ्चालनमा ल्याइने छ ।
    लाल पुर्जा वितरणका लागि तोकिएको राजस्वलाई पुनर्मूल्याकंन गरी शुल्क घटाइनेछ ।
    पुर्जा भएका जग्गाको पुनः नापी गर्नका लागि व्यवस्था मिलाइनेछ ।
    पुनरवासको जमिन लालपुर्जा वितरणका लागि पहल गरिनेछ ।
    ७. युवा स्वरोजगार तथा खेलकुद

    युवा लक्षित सीप तथा उद्यमशीलता विकास गर्न आधुनिक यन्त्र, उपकरण सञ्चालन मर्मतसम्बन्धी तालिमहरूलाई प्राथमिकता ।
    रोजगार सूचना केन्द्रको निर्माण गरिनेछ ।
    पालिका स्तरीय खेल मैदानहरूको निर्माण गरिनेछ ।
    विगतमा घोषित रंगशालाहरूको निर्माण सम्पन्न गरिनेछ ।
    लागुऔषध तथा दुर्व्यसनीहरूका लागि सुधार गृहको निर्माण गरी स्वरोजगार तालिमको आवश्यक प्रबन्ध गरिनेछ ।
    ८. भौतिक पूर्वाधार तथा सडक

    अमुवा भन्सार- धकधइ-खैरेनी हुँदै पाल्पा गोठादी मार्ग नालासहित सडक स्तरवृद्धिको कार्य सम्पन गरिनेछ ।
    मंगलापुर कान्छी बजार – गुम्मी – शंकरपुर-बेतानी हुँदै परासी जोड्ने सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    वसन्तपुर हाटी फर्साटिकर-कान्छी बजार हुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गरिनेछ ।
    बरेवा भन्सार कोटहवा सेमरहवा – जमूहानी ६ न. चोक देवी स्थान हुँदै देवदह नगरपालिकाबाट खैरेनी मार्ग नालासहित सडक स्तरवृद्धि गरिनेछ ।
    भलुही – बाघ कुमार – विशालनगर – बंगाली – पिपरहिया हुँदै केरवानी जाने बाटो पक्की गरिने छ ।
    गणेश नगर प्रदीपनगर- शिवपुर- विष्णुपुरा-बरवलिया-पपरहिया-अमरहवा हुँदै बेलहिया बाइपास सडक जोड्नेछ ।
    तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिइनेछ ।
    देवदह-ओमसितया, रोहिणी – तिलोत्तमा समेटेर बृहत चक्रपथ निर्माण गरिनेछ ।
    शितलनगर – शान्तिनगर हुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    शान्तिनगर मुखियाटोल हुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    देवदह मा.वि. हुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    भलुही-केउली सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    ठुटीपिपल-वरकुलाहा करुवानी-कानपारा हुँदै देवदह १२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    भलवारी- रामनगर-हरैया हुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    गणेशनगर- शिवपुर-बुधबारे मक्रहर-वेवरा जाने सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    चौकीडाँडा-बर्मेली टोल-तुकतुकिया-मोहनाजोत-९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    ९ न. बजार – वसन्तपुर – सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    मिर्गौली- पिपलडाँडा-तुकतुकिया मैनहवा-वेवरा सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    कोटिहवा-पर्सहवा-पिपरहिया-गंगौलिया-बरौलिया सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    बैकुण्ठपुर-खुरहुरिया-भटपुरवा सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    अमुवा-टिकर- बुधबारे बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गरिनेछ ।
    प्रादेशिक यातायात योजना अन्तर्गत यस क्षेत्रका सडकहरूलाई समावेश गरिनेछ ।
    ९. विद्युत

    देवदह सवस्टेशनको स्तरोन्नति गरिनेछ ।
    नयाँ बस्तिहरूमा विद्युतिकरण गरिनेछ ।
    आवश्यक ठाउँमा तार र ट्रान्सफर्मरको व्यवस्था गरिनेछ ।
    ट्रान्सफर्मरहरूको स्तरोन्नति गरिनेछ ।
    बजार क्षेत्र र आवश्यक ठाउँमा सडक बत्ति जडान गरिनेछ ।
    सिँचाइको लागि आवश्यक विद्युत न्यूनतम शुल्कमा तुरुन्त व्यवस्था गरिनेछ ।
    यस क्षेत्रलाई पूर्ण विद्युतिकरण क्षेत्र घोषणा गरिनेछ ।
    १०. सञ्चार

    टेलिकम सेवाहरूको विस्तार गरिनेछ ।
    आवश्यक स्थानमा मोबाइल नेटवर्कका लागि टावरहरू जडान गरिनेछ ।
    ११. पुल तथा कलर्भट

    केरवानी उखुवारी निर्माणाधीन पुल निर्माण सम्पन्न गरिनेछ ।
    ओम सतिया ३ र ५ जोड्ने गौरीघाटमा पुल निर्माण गरिनेछ ।
    बौद्ध विश्वविद्यालय निर्माण स्थलदेखि घोडाहा आराम टोल जोड्ने घोडाहा खोलामा पुल निर्माण गरिनेछ ।
    मुखिया टोल भवानीपुर जोड्ने खोलामा पुल निर्माण गरिनेछ ।
    बंगाली साठीवारी जोड्ने बंगाली खोलामा पुल निर्माण गरिनेछ ।
    समैया मन्दिर टटेरा जोड्ने रोहिणी पुल निर्माण गरिनेछ ।
    प्रगतिनगर तिलोत्तमा नगरपालिका १२ वसन्तपुर फुलवारी जोड्ने रोहिणी पुल निर्माण गरिनेछ ।
    रोहिणी १ र २ वडा जोड्ने रोहिणी नदीमा पुल निर्माण गरिनेछ ।
    १२. नदी नियन्त्रण तथा तटबन्ध

    बहुवर्षीय योजना अनुरुप नदी कटान रोक्न एकीकृत कार्ययोजना डिपिआर तयार गरी निम्नस्थानहरूमा तटबन्धन गर्ने कार्य अगाडि बढाइनेछ ।

    सुखौरा खोला प्रभावित क्षेत्र
    भलुही खोला प्रभावित क्षेत्र
    रोहिणी खोला प्रभावित क्षेत्र
    वंगाली खोला प्रभावित क्षेत्र
    घोडाहा खोला प्रभावित क्षेत्र
    कजरार खोला प्रभावित क्षेत्र
    त्रिशुली खोला प्रभावित क्षेत्र
    माहो खोला प्रभावित क्षेत्र
    खहरे खोला (चरङ्गे) प्रभावित क्षेत्र
    डण्डा खोला प्रभावित क्षेत्र
    १३. औद्योगिक तथा व्यवसायिक पूर्वाधार

    औद्योगिक क्षेत्र निर्माण गरिनेछ ।
    देवदह प्रदर्शनी स्थल निर्माण गरिनेछ ।
    औद्योगिक ग्रामको रूपमा आवश्यक ठाउँमा स्विकृति प्रदान गरिनेछ ।
    अमवा छोटी भन्सार र बुची बरेवा छोटी भन्सारलाई स्तरवृद्धि गरी व्यवस्थित गरिनेछ ।
    मासुजन्य व्यवसायलाई व्यवस्थित गराउन वधशालाको निर्माण गरिनेछ ।
    क्षेत्रभित्र रहेका हाट बजारहरूलाई व्यवस्थित गराउन स्थायी संरचना पार्किङ स्थल आदिको व्यवस्था गरिनेछ ।
    १४. शान्ति सुरक्षा

    तिलोत्तमा नगरपालिका १७ बरवलियामा रहेको शसस्त्र र रोहिणी र खैरेनीमा रहेका प्रहरी चौकीलाई दरबन्दी सहित इलाका प्रहरी कार्यालय बनाइनेछ ।
    प्रहरी चौकीहरूलाई भौतिक पूर्वाधार तयार गरी दरबन्दीको व्यवस्था गरिनेछ ।
    मंगलापुर र धकधई इलाका प्रहरी कार्यालयलाई थप व्यवस्थित गरिनेछ ।
    अस्थायी प्रहरी चौकीहरूलाई स्थायी गराइनेछ ।
    आवश्यकता अनुसार अस्थायी प्रहरी चौकी स्थापना गरिनेछ ।
    एक पालिका एक इलाका प्रहरी कार्यालय स्थापनाको नीतिगत व्यवस्थाको लागि आवश्यक कानून बनाउन पहल गरिनेछ ।
    १५. प्राकृतिक स्रोत साधन

    देवदह साझेदारी वन र अन्य सामुदायिक वनलाई व्यवस्थित गराई वन पैदावार उपभोक्तालाई सर्वसुलभ रुपमा उपलब्ध गराइनेछ ।
    सामुदायिक वनलाई व्यवस्थित गर्न तथा हरियाली प्रवर्धन गर्न पूर्वाधार विकास, हरियाली पार्क, मनोरञ्जन स्थलको रुपमा विकास गरिनेछ ।
    नदीजन्य उत्पादन, गिट्टी, बालुवा, ढुङ्गा, मिस्कट निकासीका लागि मापदण्ड तयार गरी स्थानीय उपभोक्तालाई प्राथमिकतामा राखी वितरण प्रणालीलाइ व्यवस्थित गर्न पालिकाहरूलाई थप पारदर्शी बनाउन आवश्यक पहल गरिनेछ ।
    नदीद्वारा हुने भू-क्षयलाई कम गर्न सामुदायिक वन र संघसंस्था मार्फत वृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
    १६. विविध

    फरक क्षमता भएका समूह तथा व्यक्तिहरूलाई जिविकोपार्जन गर्न सहज हुने गरी विविध सीपमूलक र क्षमता वृद्धिसम्बन्धी तालिम दिलाई स्वरोजगार बनाइनेछ ।
    फरक क्षमता भएकाहरूका लागि सुलभ पहुँचका लागि सबै कार्यालय र संघ संस्थाहरूलाई अपाङ्ग मैत्री बनाइने छ ।
    सामुदायिक भवन, जेष्ठ नागरिक मिलन केन्द्रहरूलाई व्यवस्थित गरिनेछ । आवश्यक ठाउँमा थप गरिनेछ ।
    स्थापना भएका गौ-संरक्षण केन्द्रहरूमा भौतिक पूर्वाधार विकास गरी सञ्चालनमा ल्याउन आवश्यक सहयोग गरिनेछ ।
    विभिन्न संघ संस्था जातीय पहिचान तथा आमा समूह, युवा क्लबहरूबाट निर्माण गरिएका भवनहरूको भौतिक पूर्वाधारलाई थप व्यवस्थित गरिनेछ ।

      Chitwan Aaja चितवन आज
      सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      घट्यो पेट्रोल र डिजेलको मूल्य
      प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग मन्त्री किराँतीले मागे माफी
      ईयूको ‘कालोसूची’बाट हटेन नेपाल

      ताजा समाचार

      सबै

      हर्ट अट्याकलाई निम्तो दिने चार बानी

      घट्यो पेट्रोल र डिजेलको मूल्य

      प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग मन्त्री किराँतीले मागे माफी

      ईयूको ‘कालोसूची’बाट हटेन नेपाल

      नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने

      घरवहाल कर घरवेटीसँग लिन भरतपुर महानगरलाई व्यवसायीको दवाव

      नेपालमा पहिलो पटक विवाह दर्ता गर्ने समलिङ्गी जोडीको कथा

      चितवनमा दुई वटा गैंडालाई धरापमा पारेर मार्ने ८ जना पक्राउ (भिडियोसहित)

      चितवनका ७८ जनामा एचआइभी सङ्क्रमण

      कालिकाको पृथ्वी माविमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा अनिस बुढाथोकी

      मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु, बुवा घाइते

      पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा

      बाजुरामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

      ग्यास्ट्रिकबाट छुटकारा पाउन बिरेनुन कति उपयोगी ?

      बजेट नहुँदा महाकाली पुल निर्माण ठप्प

      दूध बिक्री नभएपछि गोरखाका किसान चिन्तित

      हेर्नु भयो ?

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      एकै समय पारेर चितवनमा तीन वटा महोत्सव हुँदै

      चितवनकी सञ्चारकर्मी रिना आमालाई दागबत्ती दिएर किरिया बस्दै ,गलत मान्यता बदल्दै छोरी

      मुग्लिन–नागढुङ्गा सडकको फेसबुक पेजको स्टोरीमा अश्लिल फोटो भेटिएपछि…

      चितवनको रत्ननगरमा साइकलबाट लडेर एक पुरुषको घटनास्थलमै मृत्यु

      आजदेखि १४औँ चितवन महोत्सव सुरु हुँदै

      पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

      चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले मोटरसाइकल यात्रीलाई आक्रमण गरेपछि…

      नवलपरासीमा विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

      एनपिआई कलेज चितवनमा खुल्यो भर्ना

      चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक

      सोमबार राष्ट्रिय झन्डा आधा झुकाउनू : गृहमन्त्रालय

      मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द

      तोरीमय चितवन : १४ हजार हेक्टरमा तोरी खेती (फोटोफिचर)

      विशेष

      सबै
      • १.
        काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

      • २.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • ३.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ४.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ५.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ६.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ७.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ८.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ९.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • १०.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • ११.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • १२.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      साताको चर्चित

      • १.
        काँसघारीले भरिएको गौतम बुद्ध रंगशालामा महानगरद्वारा सरसफाइ सुरु, रंगशाला बन्ने निश्चित

      • २.
        चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

      • ३.
        पत्रकार सौम्याको हत्यामा संलग्न चार जनालाई आजीवन कारावास

      • ४.
        विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गर्ने युवती पक्राउ

      • ५.
        भरतपुरमा बोराभित्र मृत भेटिएका दुईजनाको अझै खुल्न सकेन पहिचान

      • ६.
        सामान्य बिवाद हुँदा श्रीमतीले खाना पकाउने भड्डु प्रहार गर्दा श्रीमान‍्को मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.