Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार

काठमाडौं, कात्तिक २१-
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरूलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । सबस्टेसनका उपकरण जडान धमाधम भइरहेको छ । १३२-३३-११ केभी सबस्टेसनमा ६३ एमभिएका दुईवटा, २२.५ एमभिएको एकवटा पावर ट्रान्सफर्मर रहनेछन् ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत आपूर्तिका लागि ३३ केभीका सातवटा र ११ केभीका चारवटा फिडरहरू निकालिने छन् । हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणधीन प्रसारण तथा वितरण लाइनका आयोजनाहरूको प्रगति, आगामी दिनमा नपलपरासी र रूपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ ।

‘परासी क्षेत्रका सिमन्ट, स्टिललगायतका ठूला उद्योगहरूलाई विद्युत आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिंदा पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरूबाट आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहींबाट विद्युत आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत आपूर्ति दिन सकिन्छ यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने प्राविधिक चुहावट पनि घट्ने छ ।’

औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणले परासी र रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण २२०-१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दै छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिने छ ।

प्राधिकरणले नयाँ बुटवल–बर्दघाट २२० केभी २१ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

उनले नवलपरासी, रूपन्देहीको दक्षिणी क्षेत्रमा आगामी दिनमा हुने विद्युत मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना अन्तर्गत हुलाकी राजमार्गको आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतीपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिने बताए ।

नेपाल विद्युत प्राधिकरणले योगीकुटी ९बुटवल०बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत आपूर्तिमा सुधार आएको छ ।

रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत आपूर्ति दिइरहेको छ ।

मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएपछि उद्योगीहरूबाट गुनासो आउन छाडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

स्थानीय रूपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युतको भोल्टेजको सुधारका लागि दुईवटा क्यापासिटर बैंक राखिएको छ ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

भारततर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेको छ । मैनहिया–सम्पत्तियाप्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउने छ ।

Chitwan Aaja चितवन आज
सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाल बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते
हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

ताजा समाचार

सबै

नेपाल बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त

मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षतिः सहयोग कतैबाट उपलब्ध भएन

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.