वीरगञ्ज ,१८ कार्तिक-
बारामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुञ्जना श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
शुक्रबार बिहान वीरगञ्ज पथलैया सडकखण्ड अन्र्तगत जितपुरसिमरा उपमहानगरपालिका–०९ मा उनलाई बा.प्र.–०६–००१ ख ०१२२ न.को बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी पैदल यात्री श्रेष्ठलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । बसका चालक चितवन रत्ननगर नगरपालिका–४ बस्ने ३९ वर्षीय सुरेश राउतलाई प्रहरीले पक्राउ गरेको छ ।