चितवन, कार्तिक १५ –
भूमि अधिकार तथा श्रमिक संगठन भरतपुर महानगर कमिटी गठन गरिएको छ । आज सम्पन्न भूमि अधिकार तथा श्रमिक संगठन महानगर भेला तथा प्रशिक्षण कार्यक्रमले उक्त कमिटी गठन गरेको हो ।
कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा आज मंगलबार ११ सदस्यीय कमिटी गठन गरिएको हो । सचिवमा जमुना परियार, सहसचिव देव कुमारी खनाल, कोषाध्यक्ष रञ्जना हमाल रहेका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद पौडेल, इश्वर सुवेदी, धुर्व बर्ताैला, इन्द्रलाल पोखरेल, मिना कोइराला, शंकर परियार र राजिव गुरुङ्ग रहेका छन् । सदस्यहरुको पदपूर्ति गर्दै जाने निर्णय भएको छ ।
नेकपा एमाले निकट मानिएको उक्त संगठनको महानगर कमिटी गठन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली रहेका थिए ।
संगठनका जिल्ला अध्यक्ष मनी कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संगठनका जिल्ला सचिव प्रदिप पराजुलीले सञ्चालन गरेका थिए ।















