काठमाडौ,कात्तिक ८-
एजेन्सी
भारतीय मूलका हिन्दू नागरिक ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् ।। क्रिश्चियन बाहुल्यता भएको बेलायतमा उनी पहिलो हिन्दू प्रधानमन्त्री बन्न सफल भएका छन् । उनी प्रधानमन्त्री बनेसँगै ऋषिलाई बधाइ दिनेको ओइरो नै लागेको छ ।
ऋषि भारतीय मूलका बेलायती नागरिक हुन् । उनी बेलायतको पहिलो बेलायती एसियाली प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेको ४५ दिनमै लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ऋषिलाई बेलायतको प्रधानमन्त्री बन्ने सौभाग्य मिलेको हो ।
पार्टीको नेता चयनका क्रममा यस अघि भने ऋषि ट्रससँग पराजित भएका थिए ।उनलाई बेलायतका राजा चाल्र्सले प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रुपमा पद सम्हाल्नेछन् ।
२५ वर्षकै उमेरमा करोडौंको मालिक बनेका उनलाई बेलायतमा धनी सांसदका रुपमा पनि लिइन्छ । हिन्दू भएका कारण उनी मदिरा पनि पिउँदैनन् । उनले सन् २००९ मा इन्फोसिस कम्पनीका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरे । ऋषि र अक्षताका दुई छोरी अनुष्का र कृष्णा छन् ।















