काठमाडौं, ६ कार्तिक
राष्ट्रपतिको कार्यालय शीतल निवासमा देउसीभैलो कार्यक्रम गरिएको छ। सांस्कृतिक संस्थानले कार्यालयमा देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो। राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरिन्। राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ।