७ कात्तिक, काठमाडौं-
सोमबार साँझ काठमाडौंको बालाजुमा आगलागी भएको छ।
तारकेश्वर नगरपालिकाको लोलाङ हाइट, बालाजुमा रहेको एक जुत्ता कारखानामा आगो लागेको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार कारखानासँगै जोडिएका केही सटरहरूमा पनि आगलागी भएको छ। आगलागी सोमबार साँझ ६ः५० बजेतिर भएको हो।








