चितवन, कार्तिक ६ –
भरतपुर महानगरपालिका– ७ बुद्ध चोकमा आदर्श सुपर स्टोर्स सञ्चालनमा आएको छ ।
स्टोर्स आजबाट सञ्चालनमा आएको हो । स्टोर्सको उद्घाटन समारोहमा स्टोर्सका सञ्चालक पवन अधिकारीले व्यावसाय विस्तारको क्रममा आफूले आदर्श स्टोर्स खोेलेको बताए ।
भरतपुरका अन्य विभिन्न स्थानमा व्यावसाय सञ्चालन गर्दै आएका अधिकारीले बुद्ध चोकमा तीन करोडको लगानीमा आदर्श स्टोर्स खोलेको जानकारी दिए । उनले भाडामा जग्गा लिएर व्यावसाय सञ्चालन गरेका हुन ।
स्टोर्सको पहिलो तलामा ग्रोसरी सामग्री, दोश्रो तलामा भान्छामा प्रयोग हुने सामग्रीहरु रहेको छ । अर्थात तल पाक्ने कुरा र माथि पकाउने कुरा राखिएका छन् । साथै कस्मेटिक र महिलाहरुको भित्रि कपडा बेच्ने गरी पनि ठाउँ बनाइएको बताउँदै अधिकारीले त्यो छिट्टै सञ्चालनमा आउने बताए ।
आदर्श स्टोर्समा सुपथ मूल्यमा गुणस्तरीय समान पाइने अधिकारीको दाबी छ । उनले उद्घाटनका अवसरमा समान खरिदमा विभिन्न छुट अवसरका साथै ‘लक्की ड्र’ पनि व्यवस्था गरिएको जानकारी दिए ।















