दाङ, कात्तिक १ –
दाङमा हत्या गरिएका किशोर-किशोरीको मंगलबार एकै साथ अन्त्येष्टि गरिएको छ।
तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते हत्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको शव फेला परेको थियो।
उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घाटमा एकै साथ अन्त्येष्टि गरिएको हो। अलगअलग चितामा उनीहरूको अन्त्येष्टि गरिएको थियो।








