काठमाडौं, असोज ३१-
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो । यस वर्षको भाइटीका कात्तिक १० गते बिहिबार परेको छ ।
त्यस्तै समितिको आज बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा समेत भाइटीकाको उत्तम साइतको सार्वजनिक गरेको छ ।