बुटवल, ३१ असोज-
रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन् ।
सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेको बालसुधार गृहले जनाएको छ ।
भागेकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थिए ।
फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने गरिन्छ ।
सुधार गृह स्रोतका अनुसार भान्साको झ्यालको डण्डी काटेर उनीहरु भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ ।
५ बर्षअघि निर्माण भएको बालसुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








