दाङ, असोज ३०-
दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।
वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु (असोज २७ गते) साँझ घरबाट हराएका थिए ।
घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।








