चितवन, असोज १८–
उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।
यही असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नं. १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएको थियो ।
हिजो बिहान ७ बजे पेट दुखेको भन्दै रमेशलाई आफन्तले मोटरसाइकलमा ल्याएर अस्पताल भर्ना गरेका थिए । मृतक रमेशका ज्वाइँ सागर कुँवरले चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै छानबिनको माग गरिएको बताए ।
मृतकका आफन्तहरुले कलेजले उपचारमा लापर्वाहीले मृत्यु भएको आरोप लगाउँदै मेडिकल आईसीयू, अस्पतालको मूल ढोकाको लबी, कलेजका बसलगायतका सवारी साधानमा तोडफोड गरेर क्षति गरेका छन् ।
अस्पताल तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बिरामी आउँदा नै मल्पिटल सिण्ड्रोमसहित आएको र कुँवरलाई बचाउने अनेकन प्रयास गर्दागर्दै ‘सेप्टिक सक’ भई निधन भएको बताए ।















