काठमाडौं, असोज १४-
नेपाल आयल निगमले दशैंको सार्वजनिक बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएको छ ।
दशैं बिदामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरु खुला राख्न लागेको जनाएको छ ।
निगमको प्रदेश एक डिपो विराटनगर र मधेश प्रादेशिक कार्यालय आलेखगञ्जले १६, २० र २१ असोजमा इन्धन बिक्री गर्ने छ ।
निगमको बागमती प्रादेशिक कार्यालय थानकोट, गण्डकी कार्यालय पोखरा र लुम्बिनी प्रादेशिक कार्यालयले १५, १६, १८ र २१ असोज इन्धन बिक्री गर्ने छ ।
कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले १६ र २१ असोजमा र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले १६, १७ र २१ असोजमा इन्धन बिक्री गर्नेछ ।
यस्तै, शाखा कार्यालयहरु चारआली १६ र २१ असोजमा, धनुषाले १६ र २० असोजमा, वीरगञ्जले १६, २० र २१ असोजमा, नेपालगञ्ज र दाङ शाखा कार्यालयले १६ र २१ असोजमा र दिपायलले १६, २० र २१ असोजमा इन्धन बिक्री गर्नेछन् ।